एनआरएन इन्फ्रास्टक्चरको आईपीओमा दुई दिनमै दुई गुणा बढी आवेदन



Mero Lagani

एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको आईपीओमा दुई दिनमै दुई गुणा बढी आवेदन परेको छ । बिक्री प्रबन्धक सानिमा क्यापिटलका अनुसार आइतबार साँझ ५ बजे सम्ममा करीव २ लाख आवेदकबाट सो बराबरको आवेदन परेको हो ।

 

शुक्रबारदेखि बिक्रीमा ल्याएको आइपीओमा एक लाख ९० हजार ७५ जना आवेदकबाट ७५ करोड ३२ लाख ४८० हजार रुपैयाँ बराबरको ७५ लाख ३२ हजार ४८० कित्ता शेयर खरिदको लागि आवेदन परेको छ । यो सर्वसाधारणलाई निष्काशन गरेको ३१ लाख ६० हजार १८३ कित्ताको २.३८ गुणा बढी हुन आउछ ।

कम्पनीले शुक्रबारदेखि प्रतिकित्ता १०० अंकित दरका कुल ३३ लाख ९८ हजार ४६ कित्ता साधारण शेयर निष्काशन गरेको हो । कम्पनीले निष्काशन गरेको ३३ लाख ९८ हजार ४६ कित्तामध्ये ५ प्रतिशत अर्थात १ लाख ६९ हजार ९०२ कित्ता साधारण शेयर सामूहिक लगानी कोषको लागि छुट्टाएको छ भने २ प्रतिशत अर्थात ६७ हजार ९६१ किता शेयर कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ । बाँकी ३१ लाख ६० हजार १८३ कित्ताका लागि सर्वसाधारणले आवेदन गर्न सकिनेछ ।
कम्पनीको शयेरमा साउन २१ गते भित्र न्यूनतम १० कित्तादेखि अधिकतम ३१ लाख ६० हजार १८० कित्तासम्म आवेदन दिन सकिनेछ । ...

Read More
  • Financial Notices