सुन तोलाको एक लाखनजिक, बजारमा ‘डेडलक’ हुने चिन्ता !



Kantipur Daily

काठमाडौँ — पहेंलो धातुका रूपमा चिनिने सुनको मूल्य १ लाख रुपैयाँनजिक पुगेको छ । कोभिड–१९ का कारण विश्व अर्थतन्त्रमै असर पुगेपछि सुनको मूल्य दैनिक उकालो लागेको छ । कोभिडकै कारण सुन उत्पादन गर्ने खानीमा श्रमिक अभाव हुँदा मूल्य बढ्नमा मद्दत पुगेको व्यवसायी बताउँछन् ।

‘लगानी सुरक्षित गर्न सबै लगानीकर्ता सुनतर्फ आकर्षित भएका छन् । कोभिडका कारण कामदार खानी गएनन्, जाने अवस्था पनि भएन,’ सुनचाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्यले भने, ‘माग बढ्दो क्रममा छ । कोभिडकै कारण २०१८ मा अन्तर्राष्ट्रिय बजारमा वार्षिक उत्पादन र कारोबार ४ हजार ५ सय टन रहेकोमा अहिले घटेर ३ हजार ५ सय टन मात्रै भएको छ ।’ महासंघले शुक्रबार प्रतितोला सुनको भाउ ९९ हजार ३ सय रुपैयाँ निर्धारण गरेको छ । ...

Read More
  • Financial Notices