एनआरएन इन्फ्रास्टक्चरको आइपीओमा यसरी पर्यो आवेदन



Nepali Paisa

काठमाडौं : एनआरएन इन्फ्रस्टक्चर एन्ड डेभलपमेन्ट लिमिटेडको आइपीओमा लगानीकर्ता झुम्मिएका छन् । पहिलो दिनमै आकर्षक आवेदन परेको छ । बिक्री प्रबन्धक सानिमा क्यापिटलका अनुसार यस आइपीओमा पहिलो दिन शुक्रबार दिउँसो ४ः३० बजेसम्ममा २३ लाख ८१ हजार ३८० कित्ताका लागि आवेदन परेको छ । यसमा ५० हजार १७३ जनाले आवेदन दिएका छन् । यस आधारमा पहिलो दिनमै २३ करोड ८१ लाख रुपैयाँभन्दा बढीको आवेदन परेको देखिन्छ ।

कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा ३३ लाख ९८ हजार ४६ कित्ता सेयर निष्कासन गरेको हो । कुल ३३ लाख ९८ हजार ४६ कित्तामध्ये ५% अर्थात १ लाख ६९ हजार ९०२ कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । यसैगरी, २% अर्थात ६७ हजार ९६१ किता सेयर कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ । यसबाट बाँकी रहेको ३१ लाख ६० हजार १८३ कित्ता सर्वसाधारणका लागि खुला गरिएको हो । 

 लगानीकर्ताले यो सेयरमा साउन २१ गतेसम्म आवेदन दिन सक्नेछन् । त्यस समयभित्र सबै सेयर बिक्री नभएमा भदौ ३ गतेसम्म आवेदन दिन सकिनेछ । यसमा न्यूनतम १० कित्ता देखि अधिकतम ३१ लाख ६० हजार १८० कित्तासम्म आवेदन दिन सकिनेछ । यसमा निष्कासन तथा बिक्री प्रबन्धकको काम सानिमा क्यापिटलले गरेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । ...

Read More
  • Financial Notices