यातायात भाडा डिजिटल माध्यमबाट तिर्न सकिने



Bizpati

एनएमबि बैंक र एन–क्लाउडबीच सम्झौता भएको छ । यातायात जगतमा डिजिटल भुक्तानी प्रवर्धन गर्न उक्त सम्झौता भएको कम्पनीले जनाएको छ ।

समझदारीमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुनिल केसी र एन–क्लाउडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत दिपेन्द्र नारायणले हस्ताक्षर गरेका हुन् । 

बैंकका अनुसार सम्झौताले सम्पर्क रहित कार्ड र पिओएस टर्मिनलहरूको माध्यमबाट सार्वजनिक यातायातहरूमा डिजिटल भुक्तानी संकलन प्रणाली लागु गर्नेछ ।  परियोजनाको शुरुवात किपु बस सेवासँग हुने बैंकले जानकारी दिएको छ ।

यससंगै यात्रुहरूले बस भाडा कार्डको प्रयोग गरी सम्पर्क रहित भुक्तानी गर्न सक्ने बैंकले जानकारी दिएको छ । सामाजिक दूरी कायम गर्न मद्दत पुर्याउन यातायात क्षेत्रमा यस परिवेशमा प्रदान गरिएको पहिलो प्रयास भएको बैंकले जनाएको छ । बैंकका अनुसार परियोजना नेपाल राष्ट्र बैंकको निर्देशन अनुरूप डिजिटलाइसनको तर्फ केन्द्रित रही नगदबाट नगद रहित समाज रूपान्तरणको दिशामा उन्मुख छ । ...

Read More
  • Financial Notices