२ खर्बको तरलताले बैंकिङ क्षेत्र त्रासमा, निजी क्षेत्रमा उत्साह, निक्षेपको ब्याजदर घट्दै



Online Khabar

१५ साउन, काठमाडौं । यतिबेला बैंकहरुमा २ खर्ब रुपैयाँ भन्दा धेरै पैसा थुप्रिएको छ । कोरोना भाइरस (कोभिड-१९) का कारण गरिएको लकडाउन र यसले समग्र अर्थतन्त्रमा परेको असरका कारण बैंकहरुमा तरलता अधिक देखिएको हो । यसका कारणा बैंकिङ क्षेत्र समस्या आउने त्रासमा छ भने उद्योगी व्यवसायीहरु तरलता अझै सहज भएर बैंकको कर्जाको ब्याजदर ओर्लिनुपर्ने पक्षमा छन् ।

केही वर्ष अघिसम्म तरलता अभाव झेलिरहेका बैंकहरु यतिबेला लगानी गर्न आतुर छन् । तर लगानी हुन नसकेर ठूलो रकम बैंकमा थुप्रिएको छ । लकडाउनपछि कर्जा लगानी सुस्ताएको विज्ञहरु बताउँछन् । अर्बौं तरलता व्यवस्थापन कसरी गर्ने भनेर बैंकहरु पनि अलमलमा छन् ।

अधिक तरलता भएपछि नेपाल राष्ट्र बैंकले रिभर्स रिपोमार्फत २० अर्ब रुपैयाँ खिचेको छ । सात दिनमा परिपक्व हुने गरी केन्द्रीय बैंकले रिभर्स रिपो जारी गर्न लागेको छ ।

बैंक तथा वित्तीय संस्थाहरुमा तरलता बढी भएको अवस्थामा केन्द्रीय बैंकले रिभर्स रिपोमार्फत तरलता प्रशोचन गर्दछ । बजारमा तरलता अपुग भएको बेला राष्ट्र बैंकले रिपो जारी गरेर तरलता प्रवाह गर्ने गर्दछ । अधिक तरलताको स्थिति देखिएमा खुला बजार कारोबार सञ्चालन समितिको निर्णय अनुसार बैंकिङ प्रणालीबाट अल्पकालीन अवधिको तरलता प्रशोचन गर्न प्रयोग हुने उपकरण रिभर्स रिपो हो ।

यस उपकरणको निष्कासनका दिन बोलकबोलमा सफल बोलकर्ताको राष्ट्र बैंकमा रहेको खाताबाट रकम झिकिने भएकोले तोकिएको समयावधिको लागि तरलता प्रशोचन हुन्छ । बोलकबोलमा सहभागी बैंक तथा वित्तीय संस्थाहरूमध्ये सबैभन्दा कम ब्याजदर बोल गर्ने संस्थालाई पहिलो प्राथमिकतामा राखी क्रमैसँग आहृवान रकमसम्म बाँडफाँट गरिन्छ । ...

Read More
  • Financial Notices