नेपाल बंगलादेश बैंकका ३ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टी !



Artha Sarokar

काठमाडौँ । नेपाल बंगलादेश बैंक लिमिटेडमा कार्यरत ३ जना कर्मचारीहरुलाई कोरोना संक्रमण पुष्टी भएको छ । बैंकका बीरगन्जस्थित शाखाका ब्रान्च मेनेजरसहित सोहि शाखामा कार्यरत अन्य २ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको हो । 

संक्रमितहरुको अहिले आइसोलेसनमा रहेको र स्वास्थ्य अवस्थासमेत सामान्य रहेको बुझिएको छ । संक्रमितहरुमध्ये एक जना बीरगंजमै आइसोलेसनमा छन् भने एक जना पाटन अस्पतालमा आइसोलेसन कक्षमा छन् ।

बीरगंजमा कोरोना प्रकोपका कारण सबै बैंक तथा वित्तीय संस्थाका शाखाहरु बन्द छन् । हिजो नै मात्र पनि मेगा बैंकका एक कर्मचारीलाई कोरोना संक्रमण पुष्टी भएको थियो ।

Read More
  • Financial Notices