सनराइज बैंक र हङ्गकङ्ग स्थित एटी सर्भिसबीच अनलाइन विप्रेषण पठाउने सम्झौता



Financial Notices

सन्राइज बैंक लिमिटेड र हङ्गकङ्ग स्थित AT Services मार्फत अनलाइन माध्यबाट विप्रेषण सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौता अनुसार हङ्गकङ्गमा रहनु भएका नेपालीहरुले नेपालमा रहेका आफन्त तथा इष्टमित्रहरुलाई पैसा पठाउन अझ सरल र सुलभ हुने आशा गरिएको छ । यसरी AT Services मार्फत पैसा पठाउदा तुलनात्मक अधिक्तम उच्च विनिमय दरमा रकम पठाउन सकिने व्यवस्था समेत गरेको छ ।
AT Services मार्फत् हङ्गकङ्ग बाट नेपालमा पठाएको पैसा केही मिनेटमै सन्राइज बैंक लि. का देशभर रहेका १३४ शाखाहरु र १० वटा विस्तारित काउन्टर तथा बैंकका देशभरी छरिएका १०,००० भन्दा बढी एजेन्ट सञ्जाल मार्फत सजिलै नगद भक्तानी लिन सकिनेछ । साथै बैंक खातावालाको हकमा भने, यो सेवा सन्राइज बैंकको खातामा मात्र सिमित नभइ देशका अरु विभिन्न वाणिज्य र विकास बैंकहरुको खाताहरुमा समेत तुरुन्तै रकम जम्मा गर्न सकिने व्यवस्था मिलाइएको छ ।

 

Read More
  • Financial Notices