मितेरी अक्वायर गर्न वाणिज्य बैंकबीच तँछाडमछाड, भाउ कस्दा कुरा मिलेन !



Bizshala

काठमाण्डौ । नेपाल राष्ट्रबैंकले मौद्रिक नीतिमार्फत मर्जर तथा एक्वीजिसनलाई स्वेच्छिक बनाएको छ । मर्जरमा जान चाहनेका लागि केही प्याकेजहरु समेत घोषणा गरिएको छ । 

नेपाल राष्ट्रबैंकले विगत लामो समयदेखि वाणिज्य बैंकहरुको संख्या घटाउने उद्देश्यले मर्जरको नीतिलाई लगातार प्राथमिकतामा राखिरहेको छ । तर, वाणिज्य बैंकको संख्या घट्नुको साटो ठूला बैंकले सानो बैंकलाई प्राप्ति गर्ने क्रम चाहि बढेर गएको देखिन्छ । यो क्रममा क्षेत्रीय स्तरका राम्रो बैंक तथा वित्तीय संस्थाहरुको भाउ समेत बढेर गएको छ । 

यही क्रममा प्रदेश नम्बर १ को राम्रो बैंकको रुपमा स्थापित मितेरी डेभलपमेन्ट बैंकमाथि अहिले धेरै वाणिज्य बैंकहरुले आँखा लगाएका छन् । तर, मितेरी बैंक भने आफ्नो भाउ कस्दै कोहीसँग पनि मर्जरमा जाने ठोस निर्णयमा पुग्न सकेको छैन ।  मितेरी बैंकले एक वर्षअघिसम्म राम्रो खालको प्रादेशिक बैंक नै बन्ने रणनीति लिएको थियो । क्षेत्रीय स्तरको बैंक भएर पनि राम्रो वासलात तयार गरेका कारण विभिन्न ठूला बैंकहरुले मितेरीका संचालकहरुलाई मर्जरको प्रस्ताव एकपछि अर्को गर्दै पठाउँदै गए । लामो समयसम्म पनि यस्ता प्रस्ताव आएपछि मितेरीको संचालक समितिले पछिल्लो समय एक वर्षअघिको रणनीतिबाट केही पछि हट्दै राम्रो मूल्य पाए ठूलै संस्थासँग बिलय हुने रणनीति पुगेको हो । यही रणनीति बुझेका वाणिज्य बैंकहरुले मितेरीलाई आफूमा बिलय गराउने क्रमलाई तीव्रता दिएका छन् । 

Read More
  • Financial Notices