ग्लोबल आइएमई बैंकले कर्जा प्रवाह गर्ने योजना ल्याएको छ। सस्तो तथा सरल किस्ताबन्दीमा घर निर्माण गर्न, घरजग्गा तथा गाडी किन्न र सेयरको धितोमा कर्जा लिन इच्छुकलाई लक्षित गरी बैंकले यो योजना ल्याएको जानकारी दिएको छ।
ग्लोबल घर कर्जाअन्तर्गत सेवाग्राहीले २५ वर्षसम्मको अवधिका लागि ८.७५ प्रतिशत ब्याजदरमा घर जग्गा कर्जा लिन पाउँनेछन् र यो कर्जाको ब्याजदर १ वर्षसम्म स्थिर रहनेछ।
यसैगरी बैंकले ८.९९ प्रतिशतमा गाडी कर्जा र ९.४९ प्रतिशतमा सेयरको धितोमा कर्जा दिने भएको छ।







