सिटिजन्स बैंकको सामाजिक कार्य: बाल विकास समाजलाई १ लाख ५० हजार आर्थिक सहयोग


  • KBL News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • City Express
  • Kamana Sewa Bikash Bank Ltd.
 सिटिजन्स बैंकको सामाजिक कार्य: बाल विकास समाजलाई १ लाख ५० हजार आर्थिक सहयोग

काठमाडौं । सिटिजन्स बैंकले करिव २८ वर्ष देखि बाल अधिकारबाट वन्चित भएका नेपाली बालबालिकाहरुको चौतर्फी विकाश गर्ने उदेश्यका साथ स्थापित बाल विकास समाजलाई १ लाख ५० हजारको आर्थिक सहयोग उपलब्ध गराएको छ । 

बैंकको केन्द्रिय कार्यालय नारायणहिटी पथमा आयोजित एक कार्यक्रममा बैंकद्वारा सो संस्थालाई रू एक लाख पचास हजारको चेक हस्तान्तरण गरिएको हो । उक्त रकमबाट १५ जना गरीब तथा जेहन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने कुरा सो संस्थाले जानकारी दिएको छ ।

विगत ९ वर्षदेखि बैंकले आफ्नो वार्षिक कार्यतालिका अनुरुप सामाजिक रूपान्तरणका लागि कार्य गर्ने बाल विकास समाजलाई आर्थिक सहयोग उपलब्ध गराउँदै आएको छ । आगामी दिनहरुमा पनि बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक,सांस्कृतिक,शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्ने कुरा बैंकले जानकारी दिएको छ ।

Read More
  • EBL Ad news