गरिमाले सिङ्गल डिजिटमै घर कर्जा दिने, ३० वर्षसम्मको कर्जा भुक्तानी तालिका


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
गरिमाले सिङ्गल डिजिटमै घर कर्जा दिने, ३० वर्षसम्मको कर्जा भुक्तानी तालिका

गरिमा विकास बैंक Garima Bikas Bank Limited  ले सस्तो ब्याजदर मै घरकर्जा उपलब्ध गराउने भएको छ । बैंकले ९.९९ प्रतिशत ब्याजदर मै घर कर्जा उपलब्ध गराउने भएको हो । बैंकले यस कर्जाको लागि लाग्ने सेवा शुल्कमा ५० प्रतिशत छुट दिने जनाएको छ ।

बैंकले कर्जा स्वीकृत भएको १ वर्षसम्म  ब्याजदरमा  परिवर्तन नगर्ने र घर निर्माण गर्दा लाग्ने लागतको शतप्रतिशतसम्मको कर्जा लगानी गरिने जनाएको छ ।

त्यस्तै बैंकले यस योजनाको कर्जामा अग्रिम भुक्तानी गरेमा शुल्क नलाग्ने, ३० वर्षसम्मको कर्जा भुक्तानी  तालिका प्रदान गरिने, २ वर्षसम्म ग्रेस अवधि दिईने, र ग्रेस अवधिमा ब्याजमात्र भुक्तानी गर्न सकिने बैंकले जनाएको छ ।

साथै अन्य बैंक तथा वित्तीय संस्थाबाट घरकर्जा लिएको भएता पनि सो कर्जा स्वाप गर्न सकिने र स्वाप गर्दा कुनै पनि शुल्क नलाग्ने बैंकले जनाएको छ । बैंकका अनुसार यो योजना सिमित अवधिको लागि मात्र रहने छ ।

Read More
  • MBL