सम्झौताअनुसार खल्तीका ग्राहकले बैंकको मोबाइल तथा इन्टरनेट बैंकिङ सेवा प्रयोग गरी वालेटमा नगद लोड गर्न र वस्तु तथा सेवाको भुक्तानी गर्न सक्छन् । बैंकको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा खल्तीका निर्देशक अमित अग्रवाल, प्रमुख व्यवसाय विकास अधिकृत सदित घिमिरे र नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारी र सहायक प्रमुख कार्यकारी अधिकृत लक्ष्मण पौडेलले सम्झौतामा हस्ताक्षर गरे ।







