अजोड इन्स्योरेन्सको आईपिओ बाँडफाँड, ८७३ आबेदन रद्द


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
अजोड इन्स्योरेन्सको आईपिओ बाँडफाँड, ८७३ आबेदन रद्द

अजोड इन्स्योरेन्सको आइपीओ बाँडफाँट भएको छ । अजोडले असार २५ गतेबाट ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता आइपीओ बिक्रीमा ल्याएको थियो । आइपीओ २ लाख ७३ हजार जनाले १० कित्ताका दरले हात पारेका छन् भने २ लाख ११ हजार ४९८ जनाको भने हात खाली भएको छ । बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटलको कार्यालय लाजिम्पाटमा शुक्रबार दिउसो गोलाप्रथाका माध्यमबाट आइपीओ बाँडफाँट गरिएको हो । आइपीओमा कुल १ अर्ब ८१ करोड ६३ लाख ९९ हजार रुपैयाँ बराबरको आवेदन परेको थियो । ५ लाख २ हजार २९८ जनाले १ करोड ८१ लाख ६३ हजार ९९० कित्ताका लागि आवेदन दिएका मध्य ४ लाख ८४ हजार ४९८ जना योग्य आवेदकको संख्या रहेको क्यापिटलले जनाएको छ । 

 कम्पनीले बिक्रीमा ल्याएको आपिओ मध्ये ४ प्रतिशत अर्थात १ लाख २० हजार कित्ता कर्मचारीलाई र ५५ अर्थात १ लाख ५० हजार कित्ता सामूहिक लगानी कोषलाई दिइएको छ । बाँकी रहेको २७ लाख ३० हजार कित्ता सर्वसाधारणको लागि बिक्री खुला गरिएको हो । आईपीओ निष्काशनपछि कम्पनीको चुक्ता पूँजी एक अर्ब पुग्नेछ । त्यसमा संस्थापकको ७० प्रतिशत र सर्वसाधारणको ३० प्रतिशत शेयर हिस्सा हुनेछ ।

आइपीओको नतिजा  फाइनान्सीयल नोटिसेस् को वेव पोर्टल वा मोबाईल एप्स Android App or iOS App डाउनलोड गरेर पनि हेर्न सक्नुहुनेछ ।

Read More
  • MBL