सिभिल लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृतमा विनोद आचार्य नियुक्त


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
सिभिल लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृतमा विनोद आचार्य नियुक्त

काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रमुख कार्यकारी अधिकृतमा विनोद आचार्य नियुक्त गरेको छ । विगत दुई दशक भन्दा बढी समयदेखि लघुवित्त क्षेत्रमा क्रियाशिल रहेका आचार्यले व्यवस्थापन विषयमा एमपिए तथा एमविए गरेका छन् । केहि महिना देखि उनीले वित्तीय संस्थामा का.मु. प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हालीरहेका थिए । 

यस अघिनै उनले आरम्भ लघुवित्त वित्तीय संस्था लि. मा प्रमुख कार्यकारी अधिकृतको भुमिका निर्वाह गरिसकेका छन् । यसै गरी आरम्भ लघुवित्त भन्दा अघि उनले डिप्रोक्स तथा नाडेप लघुवित्त वित्तीय संस्थाहरुमा महाप्रवन्धकको जिम्मेवारी समेत निर्वाह गरिसकेका छन् । 

Read More
  • MBL