साधना लघुवित्तको आइपीओ बाँडफाँड, हेर्नुहोस तपाईलाई कति कित्ता पर्यो ?



Financial Notices

साधना लघुवित्तले सर्वसाधारणमा बिक्री गरेको आइपीओ असार २९ गते सोमबार बाँडफाँड भएको छ। ग्लोबल आइएमई क्यापिटलको कार्यालयमा भएको बाँडफाँडमा ६६ हजार १५२ जना आवेदकले १० कित्ताका दरले शेयर हात पारेका छन भने बाँकी आवेदकको हात खाली भएको छ।

लघुवित्तको आइपीओमा ३ लाख ८१ हजार ६७७ जना आवेदकको भने हात खाली भएको हो। लघुवित्तले असार २१ गतेदेखि प्रतिकित्ता एक सय रुपैयाँका दरले ७ लाख ७ हजार ८ सय कित्ता आईपीओ बिक्री खुल्ला गरेको थियो। आवेदकमध्ये ८५ प्रतिशतभन्दा धेरैको हात खाली भएको छ। लघुवित्तको आइपीओमा कुल ४ लाख ४८ हजार ६४० वटा योग्य आवेदनबाट १ करोड ९ लाख ९९० कित्ता शेयर खरिदको लागि आवेदन परेको मध्य ७९१ वटा आवेकको आवेदन रद्ध भएको छ। 

IPO को रिजल्ट हेर्नको लागि तलको "Read More " Button मा Click गरी वा फाइनान्सीयल नोटिसेस्को मोबाईल एप्स Android / iOS डाउनलोड गरेर पनि हेर्न सक्नुहुनेछ ।

Read More
  • Financial Notices