यसरी भयो साधना लघुवित्तको आईपिओ बाँडफाँड, ३ लाख लगानीकर्ता हात खाली



Bizpati

साधना लघुवित्त वित्तीय संस्थाको साधारण सेयर आइपीओ बाँड्फाँड भएको छ। बिक्रि प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले आज सोमबार शेयर बाँडफाँड गरेको हो।   

 

आईपिओमा कुल ४ लाख ५८ हजार ६  सय ४३ जनाले आवेदन दिएकोमा १० हजार ३१ जनाको आवेदन रद्द भएको छ  । बाँकि रहेका योग्य आवेदक मध्ये गोलाप्रथाबाट ६६ हजार १ सय ५२ जनाले समान १० कित्ता शेयर पाएका छन् । 

कम्पनीले असार २१ गतेदेखि ७ करोड ७ लाख ८० हजार रुपैयाँ बराबरको ७ लाख ७ हजार ८ सय कित्ता आईपीओ निष्कासन गरेको हो । जस मध्ये १० हजार ८ सय ९० कित्ता कर्मचारीहरुको लागि र ३५ हजार ३ सय ९० कित्ता सामुहिक लगानी कोषको लागि छुट्याइएको छ । बाँकि रहेको ६ लाख ६१ हजार ५ सय २० कित्ताको लागि सर्वसाधारणले आवेदन दिएका हुन्  । 

आईपीओ बिक्री पश्चात कम्पनीको चुक्ता पूँजी २१ करोड ७७ लाख ८० हजार पुग्ने छ  । कम्पनीले आईपिओ निष्काशनपछि ५० प्रतिशत हकप्रद निष्कासन गर्ने योजना बनाएको छ । आइपीओको नतिजा केहि समयपछि बिजपाटी डटकममा हेर्न सकिनेछ । ...

Read More
  • Financial Notices