कुमारी बैंकमा गाभियो देवः विकास बैंक, एकीकृत कारोबार सुरु



Online Khabar

२८ असार, काठमाडौं । कुमारी बैंक लिमिटेडले साविकको देवः विकास बैंक लिमिटेडलाई प्राप्ती गरी आइतबारदेखि आधिकारिक रुपमा एकीकृत कारोबार शुभारम्भ गरेको छ ।

कुमारी बैंक लिमिटेडको टंगालस्थित प्रधान कार्यालयमा आयोजित एक कार्यक्रममा कुमारी बैंक लिमिटेडका अध्यक्ष अमिर प्रताप जब राणा तथा साविकको देवः विकास बैंकका अध्यक्ष उपरथी (अ प्रा)बज्र गुरुङले संयुक्त रुपमा उद्घाटन गर्दै एकीकृत कारोबारको शुभारम्भ गरे ।

यस नयाँ कार्यथालनी पश्चात् कुमारी बैंकको कूल शाखा एवं एक्सटेन्सन काउन्टर संजाल २१६, एटिएम संख्या १३८ लगायत कूल निक्षेप रु १२४ अर्ब, कूल कर्जा प्रवाह रु ११२ अर्ब तथा सेयर पुँजी रु १२.५२ अर्ब पुगेको छ ।

यस पश्चात् बैंक पहिले भन्दा सबल र आगामी दिनमा बैंकका शाखा/एटिएम विस्तारित तथा बैंकिङ्ग सेवासुविधा अझै उत्कृष्ट र ग्राहकमुखी हुदैं जानेमा बैंकले प्रतिबद्ध रहेको जानकारी गराएको छ ।

 

Read More
  • Financial Notices