'अजोड इन्स्योरेन्स अबको २ वर्षमा टप १० भित्र पर्छ'


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
'अजोड इन्स्योरेन्स अबको २ वर्षमा टप १० भित्र पर्छ'

अजोड इन्स्यारेन्स लिमिटेड २०७४ साल असार २१ गतेबाट शुरु भएको कम्पनी हो । अहिले हामी दोस्रो बर्ष पुरा गरी तेस्रो वर्षमा प्रवेश गरेका छौँ । गत गएका वर्ष साढे ४१ करोड प्रिमियम कलेक्शन गरेका थियौ भने आजको दिनसम्म आइपुग्दा ८३ करोडको विमा शुल्क जम्मा गर्न सफल भएका छौँ । अजोडको पेडअफ क्यापिटल संस्थापकबाट ७० करोड छ भने अहिले निश्कासन भएको साधारण शेयर (आइपिओ) बाट ३० करोड जम्मा भई अजोडको पेडअफ क्यापिटल १ अर्ब पुग्छ ।

अजोडको इन्भेष्टमेन्ट भने १ अर्ब ७ करोडको पुगेको छ । चैत्र मशान्तसम्म आइपुग्दा यो वर्ष हाम्रो नाफा ३ करोड ५१ लाख छ । ७ वटै प्रदेशमा शाखा संजाल विस्तार भएको छ । कृषि तथा पशु विमाको लागि नियामक निकाय बिमा समितिले छुट्टाइदिएको ४ वटा जिल्लामा र केन्द्रिय कार्यालयसहित अहिले ३९ वटा शाखा संजाल संचालनमा छ । विमा काउन्टर ३ वटा, अब विमा समितिबाट ३ वटा शाखा खोल्न स्वीकृत प्राप्त भैसकेको छ, ३ वटा शाखा साउनबाट नै खुल्दैछ । यो गर्दा ४२ वटा शाखा, केन्द्रिय कार्यालय, ३ वटा विमा काउन्टर, १ वटा ग्राहक सेन्टर नेटवर्किङ रुपमा संचालनमा रहेको छ ।

Read More
  • MBL