साधना लघुवित्तको आईपीओ प्रि– अलोटमेण्ट आज हुँदै, सोमवार बाँडफाँट हुने सक्ने


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
साधना लघुवित्तको आईपीओ प्रि– अलोटमेण्ट आज हुँदै, सोमवार बाँडफाँट हुने सक्ने

असार २८, काठमाडौं । साधना लघुवित्तको आईपीओ आइतवार प्रि–अलोटमेण्ट हुने भएको छ । 

विक्री प्रवन्धक ग्लोबल आइएमई क्यापिटलकी उप–प्रमुख कार्यकारी अधिकृत नलिना श्रेष्ठले आइतवार प्रि– अलोटमेण्ट गर्न लागेको जानकारी दिइन् ।
 

प्रि—अलोटमेण्ट गरेको तीन कार्यदिन भित्र आईपीओ बाँडफाँट गर्नुपर्ने व्यवस्था भएकाले बुधवारसम्म बाँडफाँट गरिसक्नुपर्ने उनको भनाइ छ । प्रि–अलोटमेण्टपछि नेपाल धितोपत्र बोर्डले निर्देशन दिएमा सोमवार पनि बाँडफाँट हुने सक्ने उनको भनाइ छ । तर अहिलेनै बाँडफाँटको मिति भने तय भइनसकेको उनले बताइन् । 

उक्त कम्पनीले असार २१ गतेदेखि २४ गतेसम्म सर्वसाधारणका लागि आईपीओ विक्री गरेको थियो ।

कम्पनीले कुल ७ लाख ७ हजार ८०० कित्ता आईपीओ विक्री गरेको हो । जसमध्ये १० हजार ८९० कित्ता कर्मचारीको लागि र ३५ हजार ३९० कित्ता सामुहिक लगानीको कोषको लागि छुट्याएर बाँकी ६ लाख ६१ हजार ५२० कित्ता सार्वजनिक निष्कासन मार्फत विक्री गरेको हो । 

उक्त कम्पनीको आईपीओमा ४ लाख ५५ हजार ७२७ जना लगानीकर्ताहरुले १ करोड ११ लाख ८७ हजार ९६० कित्ताका लागि आवेदन दिएका छन् । जुन मागभन्दा १६ दशमलव ९१ गुणा बढी हो । आवेदकको संख्या अत्याधिक रहेकाले उक्त कम्पनीको आईपीओ गोलाप्रदाद्वारा वितरण हुने देखिन्छ ।

...

Read More
  • MBL