ग्लोबल आइएमई बैंकले कर्णाली प्रदेशलाई दियो १० लाख


  • KBL News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • City Express
ग्लोबल आइएमई बैंकले कर्णाली प्रदेशलाई दियो १० लाख

ग्लोबल आइएमई बैंकले कोरोना रोकथाम तथा नियन्त्रणका लागि कर्णाली प्रदेश सरकारलाई १० लाख रुपैंया सहयोग गरेको छ।

बैंकको कर्णाली प्रदेशको प्रादेशिक कार्यालय प्रमुख मदन कुमार मुल्मीले कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीलाई उक्त रकमको चेक दिएका हुन्।

मुख्यमन्त्री शाहीले कोरोना भाईरस (कोभिड –१९) विरुद्धको अभियानमा बैंकले गरेको यस सहयोग महत्वपूर्ण भएको उल्लेख गर्दै बैंकलाई धन्यवाद दिए।

बैंकले, कोरोना भाईरसले नेपाल लगायत सम्पूर्ण विश्वलाई नै त्रसित बनाइरहेको अवस्थामा, यस योगदानबाट यो भाईरस विरुद्ध लड्न थप प्रेरणा र सहयोग हुने विश्वास लिएकोे छ।

Read More
  • EBL Ad news