साधना लघुवित्तको आइपीओमा १६.९१ गुणा बढी आवेदन, कतिले भरे ?



Nepali Paisa
काठमाडौं  : साधना लघुवित्तको आइपीओमा बुधबार साँझ ५ बजेसम्म ४ लाख ५५ हजार ७२७ जनाले १ करोड ११ लाख ८७ हजार ९६० कित्ताका लागि आवेदन दिएका छन् । यद्दपि, अन्तिम तथ्यांक आउन बाँकी भएकाले सामान्य तलमाथि हुने सक्ने बिक्री प्रबन्धकको भनाई छ । बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार यसमा कुल १ अर्ब ११ करोड ८७ लाख ९६ हजार रुपैयाँ बराबरको आवेदन परेको हो । यो सर्वसाधारको लागि बिक्री खुला गरिएको ६ लाख ६१ हजार ५२० कित्तालाई आधार मान्दा १६.९१ गुणा बढी आवेदन हो । 
 
कम्पनीले असार २१ गतेबाट ७ करोड ७ लाख ८० हजार रुपैयाँ बराबरको ७ लाख ७ हजार ८०० कित्ता आइपीओ बिक्री खुला गरेको हो । यसमध्ये ०.५०% अर्थात १० हजार ८९० कित्ता कर्मचारीलाई छुट्याइएको थियो । यस्तै, ५% अर्थात ३५ हजार ३९० कित्ता सामूहिक लगानी कोषलाई दिइएको छ । बाँकी रहेको ६ लाख ६१ हजार ५२० कित्ता सर्वसाधारणमा खुला भएको हो । 
Read More
  • Financial Notices