इन्टरनेटले असमानता बढाउँदै : मुद्राकोष


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
इन्टरनेटले असमानता बढाउँदै : मुद्राकोष

विश्वमा इन्टरनेटको पहुँच नहुने र भएकाबीच आय एवं अवसर दुवैको असमानता फराकिलोे देखिएको छ । कोभिड–१९ को महाव्याधि र लकडाउनले गर्दा पछिल्लो समय विश्वभरका आर्थिक गतिविधि डिजिटलतर्फ जान थालेसँगै इन्टरनेटको पहुँचले सर्वसाधारणको आम्दानी र अवसरमा अभूतपूर्व रूपले प्रभाव पार्ने देखिएको हो । 

‘चाहे वर्क फ्रम होम होस् या टेलिमेडिसिन (दूरचिकित्सा), बालबालिकाको शिक्षा (दूरशिक्षा)का लागि पनि उच्च गतिको इन्टरनेट आवश्यक पर्छ । तर, महाव्याधि र लकडाउनबाट सबैभन्दा बढी मार परेको समूहसँग नै इन्टरनेटमा सबैभन्दा कम पहुँच छ,’ आइएमएफ (अन्तर्राष्ट्रिय मुद्राकोष)ले भनेको छ । जारी महाव्याधिसँगै इन्टरनेट सामाजिक एवं आर्थिक समावेशिताको एउटा महत्वपूर्ण कडी बनेर उदाएको छ । त्यसैले, जोसँग इन्टरनेटको पहुँच छैन, उनीहरू यी लाभबाट वञ्चित रहनेछन् । उनीहरूले आफ्नो आम्दानी र अवसर दुवै गुमाउनुपरेको छ । 

इन्टरनेटमा पहुँच नभएका विद्यार्थी दूरशिक्षादेखि दूरचिकित्सालगायतका अवसरबाट मात्रै वञ्चित भइरहेका छैनन्, वर्क फ्रम होम गर्न नसक्दा र व्यवसायलाई स्मार्ट बनाउन नसक्दा उनीहरूको आयसमेत गुमिरहेको छ । यसले इन्टरनेटमा पहुँच हुने र नहुनेबीच आर्थिक असमानतालाई झनै फराकिलो बनाउँदै लैजाने खतरा रहेको आइएमएफले औँल्याएको छ । ...

Read More
  • MBL