साधना लघुवित्तको आईपीओ आइतवारदेखि निष्कासनमा


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
साधना लघुवित्तको आईपीओ आइतवारदेखि निष्कासनमा

असार १९, काठमाडौं । साधना लघुवित्त वित्तीय संस्थाले आइतवार (असार २१ गते)देखि आईपीओ निष्कासन तथा विक्री खुला गर्ने भएको छ । 

कम्पनीले ७ लाख ७ हजार ८०० कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । जसमध्ये १० हजार ८९० कित्ता कर्मचारीको लागि, ३५ हजार ३९० कित्ता सामूहिक लगानी कोषको लागि र बाँकी रहेको ६ लाख ६१ हजार ५२० कित्ता आईपीओ सर्वसाधारणको लागि छुट्याएको छ । 

आईपीओ निष्कासन बन्द मिति छिटोमा असार २४ र ढिलोमा साउन ४ गतेसम्म रहेको छ । आवेदकले न्यूनतम १० कित्ता र अधिकतममा १ हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् । 

कम्पनीले निष्कासन गर्न लागेको आईपीओलाई इक्रा नेपालले ग्रेड ४ रेटिङ प्रदान गरेको छ । ग्रेड ४ रेटिङले कम्पनीको आधारभूत पक्ष औषतभन्दा तल रहेको देखाउँछ । 

विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । साथै आवेदकले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएका सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तोकिएका शाखा कार्यलयहरुबाट आवेदन दिन सक्नेछन् । 

हाल कम्पनीको चुक्तापूँजी रू. १४ करोड ७७ लाख रहेको छ । आईपीओ निष्कासन बाँडफाँट पश्चात पूँजी रू. २१ करोड ७७ लाख पुग्नेछ । कम्पनीको प्रतिशेयर नेटवर्थ रू. १२९ दशमलव ५९ छ । हालसम्ममा कम्पनीले ६० ओटा शाखा कार्यलयहरुबाट लघुवित्त सेवा प्रदान गर्दै आएको छ । ...

Read More
  • MBL