वोमी लघुवित्तको एजीएम आज, बोनस वितरण प्रस्ताव



Nepali Paisa

काठमाडौं : वोमी लघुवित्त वित्तीय संस्थाको आठौं वार्षिक साधारण सभा आज शुक्रबार (असार १९ गते) कम्पनीको केन्द्रीय कार्यालय बनेपा १४, साँगामा बिहान ११.३० बजे सुरु हुँदैछ । सभामा कम्पनीले १०% बोनस सेयर वितरण गर्ने प्रस्ताव पेश गर्नेछ । वोमीले २ करोड ५२ लाख ७२ हजार रुपैयाँ बराबरको बोनस सेयर बाँड्नेछ । यस्तै, कर तिर्न १३ लाख ३० हजार १०५ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि छ । 

सभामा संस्थापक समूहबाट ४ जना र सर्वसाधारण समूहबाट प्रतिनिधित्व गर्ने २ जना सञ्चालकको निर्वाचन गर्ने एजेन्डा पनि छ । कम्पनीको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने एजेन्डा पनि छ । अन्य कुनै वित्तीय संस्थाहरुसँग गाभ्न र गाभिन परेमा त्यसको सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि रहनेछ । आर्थिक वर्ष २०७५–७६ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ ।

Read More
  • Financial Notices