चेक बाउन्स कसूरमा दुई जना पक्राउ


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
चेक बाउन्स कसूरमा दुई जना पक्राउ

सार १९, काठमाडौं । बैंकिङ कसूर मुद्दाका फरार व्यक्तिलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईवी) को टोलीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा भक्तपुरको मध्यपुरथिमी–७ बस्ने ४१ वर्षीय राम ज्यापु र काठमाडौं बूढानीलकण्ठका प्रकाश बुढाथोकी रहेका छन् । रामविरुद्ध परेको मुद्दामा उच्च अदालत पाटनले गत भदौमा रू. ११ लाख ५० हजार जरिवाना र तीन दिन कैद हुने ठहर गरेको थियो ।     
     
सोही मुद्दामा काठमाडौं बूढानीलकण्ठ नगरपालिका–११ पैयूँटार बस्ने ४४ वर्षीय प्रकाश बुढाथोकीलाई पनि बिहीवार प्रहरीले पक्राउ गरेको छ । उनलाई अदालतबाट रू. १० लाख ५० हजार जरिवाना र सात दिन कैद हुने ठहर भएको थियो । सजाय बेरुजू रही दुवै जना फरार हुँदै आएका थिए ।     
     
उनले आफ्नो खातामा रकम मौज्दात नभएको भन्ने जानीजानी चेक काटी दिएकोमा बैंकमा सो चेकबाट रकम भुक्तान हुन नसकी चेक बाउन्स भएको थियो । पक्राउ परेका दुवै जनालाई कैद भुक्तानको लागि बिहीवार केन्द्रीय कारागार कार्यालय सुन्धारामा पठाइएको छ ।

Read More
  • MBL