तानसेन नगरपालिकामा नेपाल बैंकको एक्टेनसन काउन्टरको उद्घाटन, विनाधितो सहुलियत कर्जा प्रदान


  • KBL News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • City Express
  • Kamana Sewa Bikash Bank Ltd.
तानसेन नगरपालिकामा नेपाल बैंकको एक्टेनसन काउन्टरको उद्घाटन, विनाधितो सहुलियत कर्जा प्रदान

तानसेन नगरपालिकाको परिसरभित्र नेपाल बैंकको एक्टेनसन काउन्टरको उद्घाटन गरिएको छ । काउन्टरको उद्घाटन गर्दै प्रमुख अतिथि अशोक कुमार शाहीले सरकारी बैंक भएर पनि ग्राहक सेवामा मन जित्दै गएको नेपाल बैंकले नगरपालिका परिसरभित्रै आएर सेवा दिन थालेकोमा बैंकलाई आभार व्यक्त गर्दै अब बैंकहरुले कृषि, महिला उद्यमशीलता, दलित समुदाय लगायतको क्षेत्रमा रोजगार बृद्धि गर्ने तथा उत्पादनमुलक क्षेत्रमा लगानी अगाडि बढाउनुपर्ने बताउनुभयो । उपप्रमुख लक्ष्मी पाठकले नेपाल बैंक लिमिटेडले नगरपालिकाको सहकार्यमा विनाधितो कर्जा उपलब्ध गराएर नगरपालिकामा युवाहरुलाई स्वरोजगार बनाउनमा सहयोग गरेकोमा सो कार्यलाई आगामि दिनहरुमा पनि निरन्तरता दिनु पर्ने बताउँदै नगरपालिका परिसरभित्रै बैंकको सेवाले आर्थिक कारोबार सहज र सरल हुने बताउनुभयो ।

नेपाल बैंक लिमिटेड, प्रदेश नं. ५ प्रादेशिक कार्यालयका प्रमुख पासाङ दोर्जी सेर्पाले नेपाल बैंकले वित्तीय पहुंचका निम्ति नाफा मात्र नहेरी देशको कुना कन्दरासम्म पुग्दै गएको र पछिल्ला दिनहरुमा बैंकले ग्राहक सेवामा विशेष ध्यान दिंदै आएको बताउनुभयो । पाल्पा शाखाका शाखा प्रबन्धक सुरज घिमिरेले काउन्टरबाट कर्जाबहेक राजस्व, निक्षेप जम्मा, चेक भुक्तानी, ईसिसि, अईपियस लगायत सबैखाले सेवा दिने बताउनुभयो । मधुसुदन छिनालको स्वागत तथा तेजब गहतराजको सञ्चालनमा सम्पन्न उक्त कार्यक्रममा तानसेन नगरपालिका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराज बेलबासे, ६ नं. वडाका वडाअध्यक्ष सागर महर्जन, नगरपालिकाका सरसफाइ बिभागका प्रमुख शंकर भण्डारी लगायतले शुभकामना मनतब्य ब्यक्त गर्नुभएको थियो ।

Read More
  • EBL Ad news