विदेशबाट ऋण ल्याउने अग्रस्थानमा एनएमबि बैंक



Aarthik Abhiyan

आज साढे २ अर्बको सम्झौता गर्दै

काठमाडौं । राष्ट्र बैंकले बैंकहरूलाई विदेशी वित्तीय संस्थाबाट ऋण ल्याउन बाटो खुला गरेसँगै एनएमबि बैंक सबैभन्दा बढी ऋण ल्याउन सफल भएको छ । हालसम्म तीनओटा विदेशी वित्तीय संस्थाबाट ऋण ल्याइसकेको बैंकले आज (मंगलवार) विश्व बैंक समूहको अन्तरराष्ट्रिय वित्त निगम (आईएफसी)बाट साढे २ अर्ब रुपैयाँ (२५ मिलियन डलर) भित्र्याउन ऋण सम्झौता गर्दै छ । राष्ट्र बैंकले तरलता अभावको समस्या बढेपछि विदेशी वित्तीय संस्थाबाट ऋण ल्याउन बैंकहरूलाई बाटो खुला गरिदिएको छ ।

आईएफसीसँग एनएमबिको दोस्रोपटक ऋण सम्झौता हुन लागेको हो । उक्त सम्झौतापछि ऋण रकम प्राप्त गर्न स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा निवेदन दिइने एनएमबि बैंक स्रोतको भनाइ छ । बैंकले मंगलवार भर्चुअल प्रेस सम्मेलनमार्फत उक्त ऋण सम्झौताबारे विस्तृत जानकारी दिइने बताएको छ ।

यसअघि एनएमबिले अन्तरराष्ट्रिय वित्त निगम (आईएफसी)बाट डेढ अर्ब रुपैयाँभन्दा बढी (१५ मिलियन डलर) ल्याइसकेको छ । यसबाहेक स्वीट्जरल्यान्डको सिम्वायोटिक्स इन्भेस्टमेन्ट कम्पनीबाट करीब १ अर्ब रुपैयाँ र बेलायतको कमन वेल्थ डेभलपमेन्ट को–अपरेशनबाट करीब १ अर्ब रुपैयाँ ऋण भित्र्याएको थियो । ...

Read More
  • Financial Notices