दुई खर्बले घट्यो आयात



Gorkha Patra

काठमाडौँ, असार १६ गते । कोभिड–१९ सङ्क्रमणका कारण विश्व व्यापारमा आएको गिरावटको तस्बिर नेपालको अन्तर्राष्ट्रिय व्यापारमा पनि देखिएको छ । चालू आर्थिक वर्षको जेठ महिनासम्मको भन्सार विभागको तथ्याङ्कअनुसार समग्र अन्तर्राष्ट्रिय व्यापारमा करिब दुई खर्ब रुपियाँको गिरावट देखिएको छ । कुल आयात अघिल्लो आवको जेठको तुलनामा एक खर्ब ९९ अर्ब रुपियाँले घटेर ११ खर्ब ८१ करोड रुपियाँ पुगेको छ । अघिल्लो जेठमा नेपालले १२ खर्ब ९९ अर्ब रुपियाँको वस्तु आयात गरेको थियो । तुलनात्मक रूपमा चालू आवको आयात १५.३१ प्रतिशतले घटेको देखिन्छ ।

जेठसम्म नेपालको कुल अन्तर्राष्ट्रिय व्यापार ११ अर्ब ८८ करोड रुपियाँ पुगेको छ । यो अघिल्लो आवको तुलनामा करिब दुई खर्ब रुपियाँले नै कम हो । गत जेठमा नेपालको कुल अन्तर्राष्ट्रिन्य व्यापार १३ खर्ब ८७ अर्ब रुपियाँ पुगेको थियो । आयातमा भएको कमीले अन्तर्राष्ट्रिय व्यापारको आकार मात्र होइन, नेपालको व्यापार घाटामा पनि समानान्तर रूपमै घटेको छ । जेठसम्म नेपालको व्यापार घाटा अघिल्लो वर्षको तुलनामा दुई खर्ब एक अर्ब रुपियाँले घटेर १० खर्ब १२ रुपियाँ पुगेको छ । अघिल्लो जेठमा व्यापार घाटा १२ खर्ब ११ अर्ब रुपियाँ पुगेको थियो । ...

Read More
  • Financial Notices