‘नेशनल पेमेन्ट गेटवे’ स्थापना अन्तिम चरणमा



Aarthik Abhiyan

काठमाडौं । नेपालको आफ्नै विद्युतीय भुक्तानी प्रणाली नहुँदा डिजिटल कारोबारमा भिसाजस्ता अन्तरराष्ट्रिय पेमेन्ट गेटवे शुल्क तिर्नु परिरहेको अवस्थामा चाँडै नै नेशनल पेमेन्ट गेटवेको स्थापना हुने भएको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार गेटवे स्थापनाको प्रक्रिया करीब अन्तिम चरणमा पुगेको छ । गेटवे सञ्चालनमा आएपछि शुरूमा राजस्व संकलन र सरकारी भुक्तानीमा प्रयोग गरिनेछ । बैंकहरूको विद्युतीय कारोबारका लागि भने राष्ट्रिय भुक्तानी द्वार (नेशनल पेमेन्ट स्वीच) आवश्यक पर्ने राष्ट्र बैंकका अधिकारीको भनाइ छ ।

नेपाल राष्ट्र बैंक र राष्ट्रिय सूचनाप्रविधिले यसअघि नै गेटवेको प्रविधि किनिसकेका थिए तर यो सञ्चालनमा आएको छैन । यसलाई छिटो सञ्चालनमा ल्याउने तयारी भइरहेको बैंकको भनाइ छ । गेटवे सञ्चालनमा आए पनि बैंक तथा वित्तीय संस्थामा प्रयोग हुने कार्डका लागि उपयोगी नभएको राष्ट्र बैंक भुक्तानी प्रणाली विभागका निर्देशक सुवास घिमिरेले बताए । उनका अनुसार यसका लागि नेशनल पेमेन्ट स्वीचको आवश्यता पर्छ । नेशनल पेमेन्ट गेटवे र नेशनल पेमेन्ट स्वीच फरक प्रविधि हुन् । ‘शुरूमा सरकारको राजस्व संकलन र भुक्तानी गर्न मात्र नेशनल गेटवेले काम गर्छ । ...

Read More
  • Financial Notices