असार ८, काठमाडौं । उन्नति लघुवित्त वित्तीय संस्था र सहकार्य लघुवित्त वित्तीय संस्थाको एकीकृत कारोबार असार २६ गतेदेखि शुरु हुने भएको छ ।
दुवै कम्पनीको गत पुस २९ गते बसेको छुट्टाछुट्टै साधारण सभाबाट आपसमा गाभ्ने गाभिने प्रस्ताव पारित भएको हो ।
साथै, नेपाल राष्ट्र बैंकको फागुन १८ गतेको पत्र र कम्पनी रजिष्ट्रारको कार्यलयको जेठ १९ को पत्रबाट मर्जर हुने अन्तिम दिनसम्म कायम रहेको सम्पूर्ण सम्पत्ति तथा दायित्व गाभिएपश्चात कायम हुने उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाले सकार्ने गरी स्वीकृति प्राप्त भएको थियो ।
मर्जर पश्चात उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाको नामबाट एकीकृत कारोबार हुने र कम्पनीको रजिष्टर्ड कार्यालय सिद्धार्थनगर १२, रुपन्देहीमा रहने कम्पनीले सूचनामार्फत जानकारी गराएको छ ।