बैंक अफ काठमाण्डूद्धारा बीमा दाबी रकम भुक्तानी



Banking Khabar

बैंक अफ काठमाण्डू लिमिटेडको विराटनगर शाखाले बिओके प्रिमियम तलब खाता अन्र्तगतको विभिन्न सुबिधाहरु मध्ये दुर्घटनाजन्य मृत्यु तथा पूर्ण अशक्त्तताको रु. सात लाखको बीमा दाबी रकम हालै खाता बाहकको परिवारलाई हस्तान्तरण गरेकोे छ । उक्त शाखाका खाता वाहक अमिर चौधरीको दुर्घटनामा परी असामयिक निधन भएकोले बैंकले बीमा सेवा प्रदायक कम्पनी सिद्धार्थ इन्सुरेन्स कम्पनी लिमिटेडसंग समन्वयमा बैंक प्रदेश नं. १ का प्रादेशिक कार्यालय प्रमुख दिपेन्द्र बुढाथोकीले उक्त बीमा दाबी रकम स्व. चौधरीका मनिषा चौधरीलाई हस्तान्तरण गर्नुभयो ।

बैंकले हाल ८९ शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टर मार्फत आफ्ना ग्राहकहरुलाई बैंकिङ्ग सेवा तथा सुविधा प्रदान गर्दै आईरहेको छ ।

Read More
  • Financial Notices