पुनर्बीमा कम्पनीको शेयर नेप्सेमा सूचीकृत, ओपनिङ्ग रेञ्ज कति?


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
पुनर्बीमा कम्पनीको शेयर नेप्सेमा सूचीकृत, ओपनिङ्ग रेञ्ज कति?

नेपाल पुनर्बीमा कम्पनीको शेयर नेप्सेका सूचीकृत भएको छ। बुधबार कम्पनीको १० करोड कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो।

कुल १० करोड कित्ता शेयरमध्ये सर्वसाधरणलाई निष्काशन गरेको एक करोड ६० लाख कित्ता र संस्थापक तर्फको ८ करोड ४० कित्ता शेयर रहेको छ।

नेप्सेले पहिलो कारोबारका लागि प्रति शेयर १४१ रुपियाँ ४५ पैसादेखि ४२४ रुपियाँ ३५ पैसा ‘ ओपनिङ्ग रेञ्ज’ निर्धारण गरेको छ।

कम्पनीले चैत ४ गतेदेखि प्रतिकित्ता १०० अंकित दरका १ करोड ६० लाख कित्ता साधारण शेयर निष्काशन खुला गरेको थियो। कम्पनीले कुल पूँजी १० अर्बको १६ प्रतिशतले हुन आउने पूँजी १ अर्ब ६० करोड रुपैयाँ बराबरको शेयर निष्काशनका गरेको थियो।

त्यसमध्ये ७३ हजार ५०० कित्ता कर्मचारीहरुलाई र ८ लाख कित्ता शेयर सामुहिक लगानी कोषका लागि र सर्वसाधारण लागि १ करोड ५१ लाख २६ हजार ५०० कित्ता शेयर निष्काशन गरेको छ। सर्वसाधारणलाई निष्काशन गरेको उक्त शेयर चैत २६ गते बुधबार बाँडफाँड भएको थियो।

कम्पनीको शेयर लकडाउन पछि खुल्ने बजारमा कारोबार हुने गरि नेप्सेमा सूचीकृत भएको हो।

Read More
  • MBL