सहयोगीको स्थगित एजीएम शनिबार, सिटिजन्ससँग विलय र लाभांश वितरण प्रमुख एजेन्डा


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
सहयोगीको स्थगित एजीएम शनिबार, सिटिजन्ससँग विलय र लाभांश वितरण प्रमुख एजेन्डा

काठमाडौं : सहयोगी विकास बैंकको १६ औं वार्षिक साधारण सभा शनिबार (जेठ २४ गते) हुँदैछ । सभा, बैंकको केन्द्रीय कार्यालय जनकपुरधाम धनुषामा दिउँसो २ बजे सुरु हुनेछ । सिटिजन्स र सहयोगीको चल–अचल सम्पति प्रतिवेदनका आधारमा तयार पारिएको सेयर स्वाप अनुपात पारित गर्ने प्रस्ताव रहेको छ । 

सहयोगीको १०० कित्ता सेयर बराबर सिटिजन्सको ०.९१७५ कित्ता अनुपात कायम हुनेछ । प्रस्ताव पारित भएपछि दुवै बैंक एक भएपछि सहयोगीका सेयरधनीले आफ्नो १०० कित्ता सेयर बराबर सिटिजन्स बैंकको ९१.७५ कित्ता सेयर पाउनेछन् । बैंकको प्रबन्धपत्र संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि छ । 

दुवै बैंकबीच एक्वायर गर्न अन्तिम समझदारी पत्रमा भएका हस्ताक्षर तथा सम्झौताहरुको अनुमोदन गर्ने एजेन्डा पनि छ । बैंकको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने एजेन्डा पनि रहेको छ । आर्थिक वर्ष २०७५–७६ को नाफाबाट १८.७२१५% नगद लाभांश वितरण गर्ने एजेन्डा पनि पेश हुनेछ । आर्थिक वर्ष २०७५–७६ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ ।
...

Read More
  • MBL