कुमारीले देव विकास बैंकलाई प्राप्ति गर्ने प्रस्ताव पारित


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
कुमारीले देव विकास बैंकलाई प्राप्ति गर्ने प्रस्ताव पारित

कुमारी बैंकले देव: विकास बैंकलाई प्राप्ति गर्ने प्रस्ताव पारित भएको छ। कुमारीको आज (जेठ १९) बसेको बिशेष साधारणसभाको बैठकले देवलाई प्राप्ति गर्ने प्रस्ताव पारित गरेको हो। 

देवको प्राप्ति पश्चात कुमारीको चुक्तापुँजी १२ अर्ब ५० करोडभन्दा बढी हुनेछ भने  निक्षेप १२० अर्ब तथा कर्जा लगानी १०५ अर्ब र शाखा संजाल भने २०९ हुनेछ। कुमारी बैंकको प्रति १ कित्ता शेयर बराबर देवः विकास बैंकको ०.८६ कित्ता शेयर अनुपातमा शेयर मूल्य कायम हुने गरी स्वाप रेसियो स्वीकृत भएको छ। 

कुमारी बैंकका संचालक समितिका सदस्यहरू, प्रमुख कार्यकारी अधिकृत लगायत उच्च व्यवस्थापन अधिकारीहरुका माझ एक समारोह बीच साविकको देवः विकास बैंक लिमिटेडको प्रारम्भिक सहमति तथा अन्तिम सम्झौता पत्रहरुको अनुमोदन सम्पन्न भएको छ ।

यस कोभिड–१९ का कारण पर्न सक्ने सम्भावित असर एवं लकडाउनलाई मध्यनजर गर्दै सम्पूर्ण सुरक्षात्मक उपायहरू सबै अवलम्बन गरी बैंकले नवीन शैली प्रयोगमा ल्याउँदै डिजिटल प्लाटफर्म जुम मार्फत शेयरधनी महानुभावहरुको मन्तव्य, सुझाव लिएको थियो ।

Read More
  • MBL