डिप्रोक्स लघुवित्तद्वारा राहत सामग्री हस्तान्तरण


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
डिप्रोक्स लघुवित्तद्वारा राहत सामग्री हस्तान्तरण

रुपन्देही जिल्लामा स्थापित डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय बुटवलले क्वारेन्टाइनमा बसेकालाई तथा ज्याला मजदुरी गर्नेहरुका लागि राहत स्वरुप बुटवल उपमहानगरपालिका वडा नं. १० मार्फत खाद्यान्न सहयोग गरेको छ । हाल विश्व भरी फैलिएको महामारीका रुपमा रहेको कोरोना भाइरस (कोभिड–१९) को रोकथाम तथा नियन्त्रणका लागि संस्थाले आफ्नो सामाजिक उत्तरदायीत्व अन्तर्गत उक्त खाद्यन्न सामग्रि हस्तारन्तरण गरीएको शाखा प्रबन्धक दिपक घिमिरेले बाताए ।

डिप्रोक्स लघुवित्त वित्तीय संस्था लि प्रदेश नं. ६ को अनुगमन अधिकृत श्री निलराज ढकाल र शाखा प्रबन्धक श्री दिपक घिमिरेले चामल, दाल, तेल, नुन लगाएतका खाद्यन्न वडा अध्यक्ष श्री पदम बहादुर थापालाई हस्तान्तरण गनुभएको हो । मुख्य कार्यालय नारायणगढ, चितवन रहेको डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडको ७२ जिल्ला मार्फत १२० वटा शाखाहरुबाट आफ्नो सेवाहरु प्रदान गर्दै आईरहेका छ । आगामी दिनहरुमा संस्थाले विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको जोखिम नियन्त्रण तथा न्यूनिकरणका लागि सहयोग जारी राख्ने संस्थाका बुटवल शाखा प्रमुख दिपक घिमिरेले बताउनुभयो ।
 

Read More
  • MBL