मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामा ढिलाइ


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामा ढिलाइ

काठमाडौं (अस) । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०७६/७७ को मौद्रिक नीतिमाथिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गर्न ढिलाइ गरेको छ । यसै साता तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गर्ने तयारी गरिरहेको राष्ट्र बैकले यस वर्ष केही ढिलाइ भएको बताएको छ । गतवर्ष जेठ पहिलो सातातिरै समीक्षा सार्वजनिक गरिए पनि यसपटक बल्ल समीक्षा र आगामी आवको मौद्रिक नीति दुवैको तयारीमा राष्ट्र बैंक जुटेको छ । कोरोनाले पार्ने प्रभाव र यसबाट अर्थतन्त्रलाई सबल बनाउने उपायमा मौद्रिक नीति केन्द्रित हुने राष्ट्र बैंकको भनाइ छ ।

कोरोना संक्रमणको जोखिम तथा लकडाउनका कारण सीमित कर्मचारीले मौद्रिक नीतिको समीक्षा सार्वजनिक गर्ने अन्तिम तयारी गरिरहेको राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले बताए । उनका अनुसार मौद्रिक नीतिले समेटेका अधिकांश व्यवस्था तेस्रो त्रैमासमा विभिन्न निर्देशनमार्फत कार्यान्वयनमा आइसकेका छन् । यसपटकको समीक्षा अहिलेको स्थितिको विश्लेषण, अर्थतन्त्रको अवस्था र ९ महीनाको तथ्यांकमा केन्द्रित हुने जानकारी उनले दिए । ‘यो त्रैमासमा मौद्रिक नीतिको कार्यान्वयन पक्ष सन्तोषजनक छ । यसबीच चालू आवको मौद्रिक नीतिअनुसार चुक्तापूँजीको २५ प्रतिशत बराबर डिबेञ्चर मार्फत् उठाउन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिइएको थियो,’ उनले भने, ‘सबैजसो बैंकले यसलाई कार्यान्वयनमा ल्याएका छन् । बैंकासुरेन्समा कडाइ गरिनुका साथै विदेशी वित्तीय संस्थाबाट ऋण ल्याउन सहज बनाइएको छ ।’

Read More
  • MBL