काठमाडौं– कोरोनाभाइरस (कोभिड–१९)को महामारीबाट आक्रान्त बनेको अवस्थामा यस सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्ना समस्त कर्मचारीहरुको सुरक्षालाई उच्च प्राथमिकतामा राख्दै कोभिड—१९ बीमा गराएको छ ।
बैंकमा कार्यरत स्थायी, प्रशिक्षार्थी, करार, सवारी चालक, कार्यालय सहयोगी र सुरक्षा गार्ड लगायतका आउटसोर्स कर्मचारी गरि करिव १५०० जनाको कोभिड—१९ बीमा नेपाल इन्स्योरेन्ससँगको सहकार्यमा गरिएको कुरा बैंकले जनाएको छ ।
बैंकमा कार्यरत कुनै पनि कर्मचारीको कोरोना भाइरस परीक्षण गर्दा पोजेटिभ पाइएमा इन्स्योरेन्स कम्पनीले तोकेबमोजिमको रकम क्षतिपूर्ति बापत उपलब्ध गराउने कुरा बीमा लेखमा उल्लेख गरिएको छ ।
सामाजिक दुरीको अवाधराणालाई चैत्र महिनाबाटै प्रयोगमा ल्याएको यस बैंकले आफ्ना कर्मचारीहरुलाई मास्क, सेनिटाइजर तथा पन्जा लगायतका सुरक्षा सामाग्रीहरु उपलब्ध गराई वित्तीय सेवाहरु सावधानी पूर्वक प्रदान गरिरहेको छ । विभिन्न सावधानीका विधिहरु अवलम्बन गर्दै गर्दा पनि कुनै भवीतव्य भई आएको खण्डलाई मनन गर्दै बीमा गरिएको कुरा बैंकले जनाएको छ ।
कोरोना भाइरसको रोकथामका लागि सरकारले घोषणा गरेको ‘कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोषमा बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रमअन्तर्गत प्रत्येक प्रदेश सरकारअन्र्तगतको कोषमा रु ७लाखका दरले रु ४९ लाख तथा विभिन्न स्थानिय निकायमा खडा गरिएको कोषमा करिव ६ लाख गरि हालसम्म कुल ५५ लाखको सहयोग गरेको छ ।








