‘मदिरामा घटाऊ, स्यानिटाइजरमा लगाऊ’



Annapurna Post

अन्तःशुल्क कार्यदल प्रतिवेदन

काठमाडौं : यो वर्ष उत्पादनमा चर्को अन्तःशुल्क उठाउने नीति लिएर सरकारले स्वदेशी उद्योगलाई चेपुवामा मात्रै पारेन, राजस्वको १८ प्रतिशत हिस्सा ओगटेको अन्तःशुल्कबापतको राजस्व पनि गुमाउनुप‍र्‍यो।

खासगरी यो वर्ष मदिराको अन्तःशुल्कदरमा तीन गुणा वृद्धि गरेसँगै ५० यूपी शक्तिका मदिरा उत्पादन लगभग बन्द भए। २०७४/७५ मा प्रतिलिटर एक सय ४४ रुपैयाँ निर्धारण गरिएको ५० यूपी शक्तिको मदिराको अन्तःशुल्कदर प्रतिलिटर ३ सय ७५ रुपैयाँ पुग्यो।

अन्तःशुल्क संकलनमा व्यापक गिरावट आएपछि चैत ९ गते राजस्व नीति तर्जुमा गर्न अर्थ मन्त्रालयको निर्देशनमा आन्तरिक राजस्व विभागले अन्तःशुल्क कार्यदल गठन ग‍र्‍यो। कार्यदलले आगामी आर्थिक वर्षमा अन्य शक्तिका मदिरामा अन्तःशुल्कदर वृद्धि नगरी ५० यूपी शक्तिमा दर २० प्रतिशतले घटाउन सुझाव दिएको छ। प्रतिवेदनअनुसार ५० यूपी शक्तिको मदिरामा प्रतिलिटर ३ सय रुपैयाँ दर निर्धारण गर्नु उपयुक्त हुन्छ।

समग्रमा यो वर्ष मदिराको अन्तः शुल्क असुली ३ प्रतिशतले कमी आएको छ। पाँच दिनपछि १५ जेठमा प्रस्तुत गरिने आर्थिक वर्ष २०७७/७८ को बजेटले अन्तःशुल्कको व्यवस्था फेरबदल गर्दै स्वदेशी उद्योगलाई राहत दिने अपेक्षा गरिएको छ।

Read More
  • Financial Notices