नौवटा जलविद्युत् आयोजनाको निर्माण रोकियो



Gorkha Patra

मजुङ, जेठ १० गते । कोरोना भाइरस (कोभिड १९) सङ्क्रमणका कारण लकडाउन सुरु भएपछि लमजुङमा निर्माणाधीन विभिन्न नौवटा जलविद्युत् आयोजनाका निर्माण कार्य पूर्ण रूपले प्रभावित भएको छ ।
नौवटा जलविद्युत् आयोजनाको कुल क्षमता २०२ मेगावाट छ । आयोजनाको निर्माण कार्य करिब दुई महिनादेखि ठप्प भएको छ । निर्माण सामग्री ढुवानी हुन नसक्दा र पर्याप्त कामदार अभावले आयोजनाको निर्माण कार्यमा अवरोध पुगेको प्रवद्र्धकहरूले बताएका छन् । लकडाउनको दोस्रो सातापछि सरकारले ठूला विकास निर्माण कार्य अघि बढाउन आग्रह गरे पनि स्थानीयस्तरमै स्रोत साधन जुटाउन असमर्थ भएकाले आयोजनाका निर्माण कार्य अघि बढ्न नसकेको हो ।

आयोजना निर्माणका लागि चाहिने सिमेन्ट, बालुवा, छडलगायत बाहिरी जिल्लाबाट ल्याउनुपरेको र आयोजनामा जडान हुने उपकरण भारत, चीनलगायत देशबाट ल्याउनुपर्दा समस्या परेको प्रवद्र्धकहरूको भनाइ छ ।

दोर्दीखोलामा निर्माणाधीन ५४ मेगावाटको सुपरदोर्दी जलविद्युत् खायोजना ‘ख’का प्रबन्ध सञ्चालक केशवबहादुर रायमाझीका अनुसार हेडवक्र्सको काम सुरु गरिए पनि निर्माण सामग्री अभावले काम रोकिएको छ । आयोजनाको काम ६५ प्रतिशत मात्र सकिएको छ । लकडाउनले आयोजनाको निर्माण कार्य एक वर्षपछि धकेलिने अवस्था रहेको उहाँले बताउनुभयो ।

Read More
  • Financial Notices