कोरोना संकटपछि बैंकहरुले ऋणको पुनर्मूल्यांकन गर्नुपर्छ- गभर्नर



Setopati

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कोरोना भाइरसको महामारीपछि बैंक तथा वित्तीय संस्थाहरुले आफ्ना ऋण तथा धितोको पुनर्मूल्यांकन गर्नुपर्ने बताएका छन्।

कोरोनाले जोखिम बढाएको भन्दै गभर्नर अधिकारीले सबै बैंकहरुले यसलाई पालना गर्नुपर्ने उल्लेख गरे। गभर्नर अधिकारीले संकटपिछ व्यवसाय सुचारु गर्न असाध्यै कठिन हुने बताएका छन्।

मानव जीवनसँगै सम्पूर्ण व्यवसाय प्रभावित बनेको भन्दै अधिकारीले तिनीहरुलाई पूर्ववत् अवस्थामा फर्काउन लेखा व्यवसायीको योगदान महत्वपूर्ण हुने बताए।

नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान)ले आयोजना गरेको 'रोल अफ प्रोफेसनल एकाउन्टेन्ट्स इन बिजनेस कन्टिन्युटी, क्राइसिस म्यानेजमेन्ट एन्ड फाइनान्सिएल रिपोर्टिङ : पोस्ट कोभिड १९ प्यान्डेमिक' कार्यक्रममा गभर्नर अधिकारीले नेपालमा पछिल्ला दिनमा संक्रमितको संख्या बढ्दै जाँदा चुनौति अझै बढेको बताए।

Read More
  • Financial Notices