नेपाल एसबीआई बैंकको चरम लापरवाही, वृद्धभत्ता लिन गएका वृद्धले लाइनमै प्राण त्यागे...



Artha Sarokar

धादिङ । धादिङको गङ्गाजमुना गाउँपालिकाका एक वृद्ध सामाजिक सुरक्षा भत्ता लिन जाँदा बैंकमा बेहोस भएर मृत्यु भएको छ । गङ्गाजमुना–४ ठकुरीडाँडाका दमको रोगी ८३ वर्षीय रामबहादुर गुरुङ वृद्धभत्ता झिक्न जाँदा फूलखर्कमा रहेको नेपाल एसबीआई बैंकमा बेहोश भई ढलेका थिए । 

बैंकमा लाम बसेका वृद्धको उपचारका लागि लाँदै गर्दा मृत्यु भएको गाउँपालिका स्वास्थ्य संयोजक दीपक अधिकारीले जानकारी दिए ।

Read More
  • Financial Notices