नेपाल बैंकको नाफा घट्यो, वितरण योग्य मुनाफा ऋणात्मक


  • KBL News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • City Express
  • Kamana Sewa Bikash Bank Ltd.
नेपाल बैंकको नाफा घट्यो, वितरण योग्य मुनाफा ऋणात्मक

नेपाल बैंक लिमिटेड (NBL) ले चालु आर्थिक वर्षको अपरिष्कृत तेस्रो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकको चैत मसान्तसम्मको नाफा गत आवको सोही अवधिको तुलनामा घटेको छ भने वितरण योग्य मुनाफा ऋणात्मक देखिएको छ।

गत आवको चैत मसान्तसम्ममा २ अर्ब २४ करोड ५५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको यस बैंकले चालु आवको सोही अवधिसम्ममा १ अर्ब ९९ करोड ६५ लाख रुपैयाँ नाफा कमाएको छ। ब्याज आम्दानीको तुलनामा ब्याज खर्च अधिक बढेपछि बैंकको खुद ब्याज आम्दानी घट्न गई नाफा घट्न दबाब पुगेको हो।

सो अवधिसम्ममा बैंकको वितरण योग्य मुनाफा ६ करोड १९ लाख ८२ हजार रुपैयाँ ऋणात्मक रहेको छ। बैंकले १ अर्ब ६५ करोड रुपैयाँ नियामकिय जगेडामा ट्रान्सफर गरेका कारण वितरण योग्य मुनाफा ऋणात्मक भएको हो।

सो अवधिसम्ममा बैंकले ४ अर्ब २१ करोड ८२ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। यो गत आवको सोही अवधिको तुलनामा ५० करोड ७० लाख रुपैयाँ कम हो। समीक्षा अवधिमा बैंकको सञ्चालन मुनाफा ४७ करोड २८ लाख रुपैयाँ घटेर २ अर्ब ६५ करोड ५ लाखमा सीमित भएको छ।

९ अर्ब ८१ करोड ११ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा १४ अर्ब १७ करोड ६२ लाख रुपैयाँ सञ्चित छ। त्यसैगरी, बैंकको शेयरधनी कोषमा १ अर्ब ८५ करोड २५ लाख रुपैयाँ र शेयर प्रिमियममा ३ अर्ब २६ करोड २८ लाख रुपैयाँ रहेको छ।

Read More
  • EBL Ad news