काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो घरमै बसेर अनलाईन खाता खोल्न सकिने सेवाको स्तरोन्नति गरेको छ ।
सर्वसाधारणलाई गुणस्तरीय सेवा तथा सुविधा दिदैं आएको यस बैंकले सूचना प्रविधिमा आएको आमूल परिवर्तन र भूमण्डलीकरणको बढ्दो आकर्षणले संसारलाई साँघुरो बनाउदै गर्दा सूचना प्रविधिको विकासक्रमलाई आत्मसाथ गर्दै बैंकको वेबसाइटमार्फत अनलाईन खाता खोल्न सकिने सुविधालाई थप परिस्कृतरुपमा आफ्नो ग्राहकसामु प्रस्तुत गरेको छ ।
यो सेवा अत्यन्त सहज रहेको हुँदा, ग्राहक वर्गहरुले घरमै बसी बसी बैंकको जुनसुकै शाखा कार्यालयमा आफ्नो ईच्छाअनुसारको सवौधिक उच्च ब्याजदर सहितको बचत खाता तथा मुद्दती निक्षेप खाता खोल्न सक्नेछन । उक्त खाता खोल्न साथ ग्राहकहरुले नियमित रुपमा बैैकिङ कारोबार गर्न सक्नेछन् ।








