कर्मचारी सेवा–सुविधा विवाद : नेपाल बैङ्कमा कुरा मिल्यो, वाणिज्य बैङ्कमा अझै असन्तुष्टि


  • KBL News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • City Express
  • Kamana Sewa Bikash Bank Ltd.
कर्मचारी सेवा–सुविधा विवाद : नेपाल बैङ्कमा कुरा मिल्यो, वाणिज्य बैङ्कमा अझै असन्तुष्टि

काठमाडौं । लकडाउनको समयमा कर्मचारीले पाउने सेवा सुविधाका सम्बन्धमा नेपाल बैङ्कमा लामो समयदेखि चल्दै आएको विवाद अन्त्य भएको छ । सोमबार व्यवस्थापन र बैङ्कभित्र कार्यरत सबै कर्मचारी संगठनहरुबीच सहमति भएसँगै यो समस्या समाधान भएको हो ।

कर्मचारीसम्बद्ध संस्थाहरुले नेपाल बैङ्कमा कार्यरत कर्मचारीहरुलाई काम गरेवापत सरकारले तोकेअनुसारको अतिरिक्त सुविधाहरु दिनुपर्ने, बैङ्कभित्र स्वास्थ्य सुरक्षाको प्रत्याभूति दिनुपर्ने लगायतका माग यसअघि गर्दै आएका थिए । तर, व्यवस्थापनले माग पूरा गर्नुको साटो विपद्को समयमा कर्मचारीहरुलाई निकाल्ने, अनिवार्य बिदामा बस्न लगाएर भुक्तानी नै नदिने जस्ता कार्य गरेको भन्दै कर्मचारी युनियनहरुले विरोध जनाउँदै आएका थिए

सोमबार बैङ्कका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीको रोहवरमा बैङ्क व्यवस्थापनका तर्फबाट समता पन्त, लक्ष्मण पौडेल, प्रकाश कुमार अधिकारी होमबहादुर खड्का र दीपेन्द्रराज काफ्ले तथा कर्मचारी युनियनका तर्फबाट नेपाल बैङ्क कर्मचारी संघका कार्यबाहक अध्यक्ष नवराज लम्साल, नेपाल वित्तीय संस्था कर्मचारी संघका अध्यक्ष जीवराज ढकाल, नेपाल राष्ट्रिय कर्मचारी संगठनका मोहन कुमार श्रेष्ठ तथा नेपाल बैङ्क कर्मचारी युनियनका राजुराम मुनकर्मीले उक्त सम्झौतापत्रमा संयुक्त रुपमा हस्ताक्षर गरेर सहमति गरेका हुन् ।

Read More
  • EBL Ad news