दैनिक जीवनयापनमा परिवर्तन गर्न अब जरुरी छ : पृथ्वीबहादुर पाँडे


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
दैनिक जीवनयापनमा परिवर्तन गर्न अब जरुरी छ : पृथ्वीबहादुर पाँडे

काठमाडौं । कोरोना भाइरसका कारण एक महिनाभन्दा बढीको लकडाउनका कारण नेपालका हरेक क्षेत्रमा असर परेको छ । हरेक उद्योग व्यवसाय बैंकसँगै आएर जोडिने भएकाले यो महामारीमा उद्योग व्यवसाय संकटमा पर्दा बैंकमा पनि यसको ठूलो असर पर्छ । हाल नेपाल राष्ट्र बैंकले तोकेको कर्जा तथा निक्षेपको अन्तर ‘स्प्रेड’ दर ४.४ प्रतिशत छ । अब सबैले उद्योग व्यवसायलाई बचाउन यो बेस रेट झार्नुपर्ने बताउँदै आएका छन् । नेपालमा निक्षेपका ब्याज दर बढी भएको तर्क पनि बैंकर र अर्थविद्हरूले गर्दै आएका छन् ।

हाल बैक तथा वित्तीय संस्थाहरूको मुद्दती खातामा रहेको ब्याजदरलाई कम्तिमा ६ प्रतिशतमा झार्नुपर्ने बताउँछन् नेपाल इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडे । उनले भने, ‘अब यो बैंकहरूले लिने गरेको निक्षेपको दर घटाउनुपर्ने बेला आयो, मुद्दती खातामा कम्तिमा पनि ६ प्रतिशतमा झार्नुपर्छ र हालको स्प्रेड दर ३ प्रतिशतमा ल्याउनुपर्छ ।’

बैंक तथा वित्तीय संस्थाहरूले ब्याज मिनाहा गर वा अन्य छुट देउ भन्नु राम्रो होइन । उनले भने, बैंकहरूले अबको एक वर्षसम्म कुनै पनि उद्योग र व्यवसायबाट ब्याज वा अन्य भुक्तानी पाउने  सम्भावना कम रहेको छ  । त्यसैले अब बैंकहरूले कम्तिमा पनि एक वर्षका लागि ब्याज र अन्य किस्ता नलिने भन्नुपर्छ ।

Read More
  • MBL