माछापुच्छ्रे बैंकमा थापा र न्यौपाने नायव महाप्रबन्धकमा बढुवा



Aarthik News

काठमाडौं । माछापुच्छ्रे बैंकमा सहायक महाप्रबन्धकमा कार्यरत सर्जु कुमार थापा र  विश्वम्भर न्यौपाने नायव महाप्रबन्धक पदमा बढुवा भएका छन । बैंकिङ्ग क्षेत्रमा लामो अनुभव  भएका थापा र न्यौपानेलाई क्रमशः बैंकको समग्र बिजनेस र अपरेसन हेर्ने गरी जिम्मेवारी दिइएको छ । 

बैंकिङ्ग क्षेत्रमा २० बर्षको अनुभव भएका सर्जु कुमार थापाले त्रिभुवन विश्वविद्यालयबाट एमबीए गरेका छन । सन् २००० बाट बैंकिङ्ग करियर सुरु गर्नुभएका थापासंग बैंक अफ काठमाण्डौँ तथा सानिमा बैंकमा काम गरेको अनुभव छ । उनी कर्जा व्यवस्थापन, ट्रेड फाइनान्स, जोखिम व्यवस्थापन लगायतका विषयमा पोख्त बैंकर मानिन्छन । विगत ६ वर्षदेखि माछापुच्छ्रे बैंकमा आवद्ध थापालाई बैंकिंग क्षेत्रमा बैंकिङ्ग विजनेसका साथ हाइड्रोपावर फाइनान्सिङ समेत राम्रो ज्ञान रहेको छ । 

Read More
  • Financial Notices