काठमाडौं - सिटिजन्स बैंकले आफ्नो १३औं वार्षिकोत्सवको उपलक्ष्यमा ‘सिटिजन्स एक्स्ट्रा फिक्स्ड डिपोजिट’ निक्षेप योजना सार्वजनिक गरेको छ । यो योजना न्यूनतम मौज्दात १ लाख रुपैयाँमा खोल्न सकिने बैंकले जनाएको छ ।
३ महिनादेखि १० वर्षसम्मको अवधि रहको यस खातामा ८.२५ प्रतिशत व्याजदर उपलब्ध हुनेछ । साथै, शाखा प्रबन्धकले उक्त व्याजदरमा ०.५० प्रतिशत व्याजदरसम्म थप गर्न सक्नेछन् ।
यस निक्षेप योजना अन्तर्गत व्यक्तिगत मुद्धति खाता खोल्ने ग्राहकहरूले मुद्धति खाताबाट आर्जित व्याजमा समेत मुद्धति खाता बराबरकै ८.२५ प्रतिशत व्याजदर पाउन सक्नेछन् । यो निक्षेप योजना बैंकका सम्पूर्ण शाखा कार्यालयहरूबाट उपलब्ध हुनेछ ।








