फ्रान्सको अर्थतन्त्र दोस्रो विश्व युद्धपछिकै खराब अवस्थामा


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
फ्रान्सको अर्थतन्त्र दोस्रो विश्व युद्धपछिकै खराब अवस्थामा

पेरिस : कोरोना भाइस संक्रमण रोक्न देशभर लक डाउन गरेको फ्रान्सले मुलुकको अर्थतन्त्र दोस्रो विश्वयुद्धपछि सबैभन्दा खराब अवस्थामा पुगेको बताएको छ । त्यहाँका अर्थमन्त्री ब्रुनो ले मायरले १९४५ पछिकै खराब अवस्थामा अर्थतन्त्र पुग्न लागेको संसद्लाई पनि जानकारी गराएका छन् । हालै संसदीय समितिमा उनले भने, सन् २००८ को विश्वव्यापी मन्दीपछि सन् २००९ मा आर्थिक वृद्धिदर २.२ प्रतिशतमा झरेको थियो ।

अहिले अवस्था यो भन्दा अझै खराब हुने देखिएको छ । अहिलेको अवस्था कायम रहेकमा आर्थिक वृद्धिदर नकारात्मक हुन सक्नेछ । यो भनेको दोस्रो विश्व युद्ध अर्थात् १९४५ पछिकै सबैभन्दा खराब अवस्था हुनेछ, उनले भने । त्यसो त त्यहाँका सञ्चार माध्यमहरुले अर्थतन्त्र निकै कठिन अवस्थामा पुग्न लागेको लेखेका छन् । 

सन् २०२० मा फ्रान्सको आर्थिक वृद्धिदर २.९ प्रतिशत कायम हुने प्रक्षेपण गरिएको भए पनि कोरोना भाइरस संक्रमणका कारण निकै खराब वा नकारात्मक नै हुने देखिएको हो । फ्रान्सले मार्च १७ देखि अप्रिल १५ सम्म लागू हुनेगरी लक डाउन गरेको छ ।

Read More
  • MBL