लक्ष्मी बैंकले कोरोना रोकथामका निम्ति १ करोडको आर्थिक सहयोग गर्ने


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
लक्ष्मी बैंकले कोरोना रोकथामका निम्ति १ करोडको आर्थिक सहयोग गर्ने

लक्ष्मी बैंकले कोभिड –१९ को महामारीकोे नियन्त्रण तथा प्रभावितहरुलाई राहत प्रदान गर्ने उद्देश्यले कूल १ करोड बराबरको आर्थिक सहयोग प्रदान गर्ने निर्णय गरेको छ । यसमध्ये ३० लाख नेपाल सरकारले स्थापना गरेको कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा तथा बाँकी रु ७० लाख सातैवटा प्रदेशमा सम्बन्धित प्रदेश सरकारद्वारा स्थापित कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा रु १० लाखका दरले जम्मा गरिने छ । यस सहयोगबाट कोरोना संक्रमणको नियन्त्रण तथा संक्रमितको उपचारमा सहयोग पुग्नुका साथै महामारीको फलस्वरुप नियमित आर्थिक गतिविधि सञ्चालन नभएका कारण प्रत्यक्ष रुपमा प्रभावित व्यक्ति तथा परिवारलाई राहत मिल्ने तथा महामारीबाट समग्र अर्थतन्त्रमा पर्ने असरलाई समेत केही हदसम्म न्युनिकरण गर्न मद्यत पुग्ने बैंकको विश्वास रहेको छ ।

Read More
  • MBL