कोरोनासँग लड्न माछापुच्छ्रे बैंकले सरकारलाई दियो १ करोड ६ लाख रुपैयाँ



Banking Sansar

कोरोनासँग लड्न माछापुच्छ्रे बैंकले सरकारलाई दियो १ करोड ६ लाख रुपैयाँ...

  • बैंकिङ संसार 

काठमाडौं - कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि माछापुच्छ्रे बैंकले १ करोड ६ लाख रुपैयाँ बराबरको सहयोगको घोषणा गरेको छ । केन्द्रिय सरकार अन्तर्गतको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषलाई ५१ लाख र ७ वटै प्रदेश सरकारलाई ५(५ लाख रुपैयाँका दरले कुल ३५ लाख रकम सहयोग गरेको छ ।

बैंकले विहिबार ७ वटै प्रदेश सरकारका मुख्यमन्त्रीहरुलाई ५(५ लाखका दरले कुुल ३५ लाखको चेक हस्तान्तरण गरेको हो । यसअघि बैंकले आमनागरिकको स्वास्थ्यलाई ध्यानमा राख्दै काठमाण्डौं महानगरीय प्रहरी कार्यालयको समन्वयमा काठमाण्डौ र भक्तपुरका अत्यन्त भिडभाड हुने प्रमुख १६ स्थानहरुमा पानी ट्यांकी सहित हातधुने ठाउँको व्यवस्था गरेको थियो । स्थानीय निकायहरुको समन्वयमा बैंकले दैनिक ज्याला मजदुरी गरेर छाक टार्दै आएका अतिविपन्न परिवारलाइ खाद्यान्न उपलब्ध गराएको हो । उक्त कार्यहरुमा बैंकले २० लाख रुपैयाँ खर्च भएको जनाएको छ ।

Read More
  • Financial Notices